अर्थविद् डा. मदनकुमार दाहालको उपचारको क्रममा निधन !

काठमाडौँ , ८ चैत्र । अर्थशास्त्री प्राध्यापक डा. मदनकुमार दाहालको निधन भएको छ ।

लामो समयदेखि पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी)मा शुक्रबार निधन भएको हो ।

नेपाल आर्थिक संघका पूर्वअध्यक्ष समेत रहेका दाहाल त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् । दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए ।

उनीसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी भएको बताईन्छ । नेपाल सरकार अर्थमन्त्रालयले पनि उनीसँग आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

अर्थशास्त्रमा विद्यावरिधी गरेका उनको नेपालको अर्थनीतिबारे थुप्रै अनुसन्धानत्मक आलेख र पुस्तक प्रकाशित छन् ।