साफ महिला फुटबल च्याम्पियनसिप : भारतलाई हराए नेपाली महिला टिमलाई जनही २ लाख पुरस्कार दिने मुख्यमन्त्री राईको घोषणा !

बिराटनगर, ८ चैत्र । प्रदेश नं १ को प्रदेश सरकारले बिराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि जिते नेपाली खेलाडीहरुलाई जनही २ लाख दिने निर्णय गरेको छ ।

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ ले नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले यो पुरस्कार दिने निर्णय गरेको हो ।

खेलप्रेमी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा प्रदेश सरकारले यस्तो निर्णय गरेको समाचारमा जनाइएको छ ।

नेपालमा नै पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ को त गौरव बढेको छ नै यसले देशकै गौरव बढेको भन्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन यस्तो निर्णय गरेको हो ।

आजको फाईनल खेलमा नेपाल र भारतबीच भिडन्त हुँदैछ । भारतलाई हराएर आज नेपालले उपाधि चुम्ने र इतिहास कायम गर्ने आँकलन गरिएको छ ।