मात्रै १९ बर्षका यी जोडीको विवाह भएको एक दिन पनि बित्न नपाउँदै सडक दुर्घटनामा मृत्यु!

एजेन्सी, ८ चैत्र । अमेरिकामा एक दुखद घटना घटेको छ । त्यहाँका एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको छ ।

कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भएर श्रीमान–श्रीमती घोषित भएको एक दिन बित्न नपाउँदै रिबेका र अस्टिन वेसनको दुर्घटनामा ज्यान गएको हो ।

उनीहरु चढेको पिकअप ट्रक दुलहीको घर नजिकै शनिबार दुर्घटना भएको हो । उनीहरु दुवैजना १९ वर्षका थिए । अदातलमा गएर कानुनी रुपमा विवाह गरेका रिबेका र अस्टिनको औपचरिक विवाह समारोह भने आउँदो सेप्टेम्बरमा गर्ने तयारी थियो ।

अहिले रिबेका र अस्टिनका परिवारले अन्तिम संस्कार समारोह संयुक्त रुपमा गर्ने तयारी गरेका छन् । रिबेका र अस्टिनको भेट गएको फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको थियो । अस्टिनको पुख्र्यौली घर दक्षिण अफ्रिका हो ।

उनले गएको जुनमा अमेरिका आउनका लागि विद्यार्थी भिसा पाएका थिए । रिबेका र अस्टिन दुवै विश्वविद्यालयको अध्ययन पूरा गर्नका लागि मिसिगन जाने तयारीमा थिए ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन र अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।