अख्तियारबाट जोगिन घुस लिएको रकम फलफूल पसलेलाई राख्न दिए पनि जोगिएनन् वैदेशिक रोजगार विभागका नासु रामकुमार फुयाँल !

काठमाडौं, ८ चैत्र । वैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

नासु रामकुमार फुयालले ६० हजार रुपैयाँ घुस लिँदै गरेको बेला अख्तियारले पक्राउ गरेको हो ।

नासु फुयालले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीविरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै डर देखाएर घुस लिने गरेको अख्तियारले जानाएको छ ।

उनले सेवाग्राहीबाट लिएको घुस काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुव्र खड्कालाई राख्न दिई केही समय पश्चात उक्त घुस बापतको रकम लिँदै गर्दा अख्तियारले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।