भारतका पूर्वक्रिकेटर ३७ बर्षीय गौतम गम्भीर भाजपामा प्रवेश, दिल्लीबाट लोक सभा चुनावमा उठ्ने तयारी !

एजेन्सी, ८ चैत्र । पछिल्लो समय खेलाडी र कलाकार उमेर ढल्कँदै गएपछि राजनीतिमा प्रवेश गर्ने लहड नै चलेको छ भन्दा फरक नपर्ला । नेपालदेखि बंगलादेश, पाकिस्तान र भारतकै कुरा गर्ने हो भने पनि यसको उदाहरण प्रसस्तै छन् । यसैबीच भारतका पूर्वक्रिकेटर गौतम गम्भीर पनि भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

लोक सभा चुनाव हुन २० दिनभन्दा कम समय बाँकी हुँदा शुक्रबार दिउँसो उनी भाजपा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित भएकोले भाजपामा प्रवेश गरेको गम्भीरले बताए ।

३७ वर्षीय गम्भीर दिल्लीबाट लोक सभा चुनाव समेत उठ्ने बताइएको छ । तर भाजपाले उनी कुन ठाउँमा चुनाव उठ्ने भन्ने निर्णय भइनसकेको बताएको छ ।