दर्शकको डिमाण्ड भन्दै दीपक दीपाले ‘छक्कापन्जा २’लाई बैशाख १३ गतेदेखि हलमा पुनः प्रदर्शन गराउँने जानकारी दिंदै गर्दा तिनै दर्शकले भने -‘ यो फिल्म हेरेर समयको बर्बाद गर्नु छैन हामीलाई’

काठमाडौँ, ८ चैत्र । गत वर्षको हिट फिल्म ‘छक्कापन्जा २’ बैशाखमा पुन: प्रदर्शन हुन लागेको छ ।

दर्शकको चाहाना भन्दै फिल्म निर्माण टीमले यस चलचित्रलाई बैशाख १३ गतेदेखि पुनः प्रदर्शन गर्न लागेको हो ।

यस चलचित्रका निर्माता दीपकराज गिरीले फेसबुकमा एक स्टाटस लेख्दै यस कुराको जानकारी गराएका हुन् ।

उनले लेखेका छन् , ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुन : प्रदर्शन हुदैछ ।।।। बिदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने ब्यबस्था मिलाइदैछ ।।।।। जय नेपाली चलचित्र!!!’

दिपकराज गिरीको यो स्टाटसपछि चलचित्रलाई युट्युबमा पर्खिरहेका दर्शकहरुले आक्रोश पोखेका छन् । यसै क्रममा तिल्ता मगर लेख्नुहुन्छ ,’कमेडि सिरियल जस्तो फिल्म बनाएर क्या उफ्रेको हो भन्या ! अब त युटुबमै आएपनि नहेर्नि तपाइको फिल्म ।’ यता साहिद खान भन्नुहुन्छ ,’छक्का पन्जा 2 हेरेर समय को बर्बाद गर्नु छैन हामिलाइ ! तपाईं को फिल्म तपाईं नै हेर्नुस ! नेपाल मा अन्य पनि कलाकार छन उहाहरु को फिल्म हेरेर बसौला ! कहि नभाको जात्रा हाडी गाउँ मा’।

यसरी नेगेटिभ कमेन्टको बर्षा भैरहंदा यसलाई सकारात्मक लिने र सफलताको शुभकामना दिने दर्शकपनि उत्तिकै देखिन्छन् ।

यस्तै दर्शकमश्येका अर्जुन अतीत लेख्नुहुन्छ,’टिप्पणी लाई सकारात्मक रुपमा लिनु हुन्छ ।।!! धैर्य गर्नुस् , गाली नगरौ। उहा को सम्पत्ति नै त्यही हो त ‘ यता निरज शाहीको बिचार यस्तो छ ,’आफुले दु:ख गरेर बनाएको फिल्म जति पल्ट हलमा देखाएपनी के भयो त हेर्न मन भए हेर्नू हेर्न मन नभए नहेर्नु यसमा लूटको कुरा कहाँ बाट आयो? भारत मा दिलवाले दुल्हनिया ले जाएङे फिल्म 20 वर्ष सम्म हलमा चल्दा पनि हेर्न गैइरहेका छन त त्यसलाई चाहिँ के भन्ने?’

अब एकपटक दर्शकको मनमा बसिसकेको यस फिल्मले पुनः प्रदर्शन पछि कस्तो प्रतिक्रिया पाउँछ त ! त्यो हेर्न भने बैशाख १३ नै पर्खिनु पर्नेछ ।