नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्ने यात्रु भन्छन् – ‘अन्तर्राष्ट्रिय सडकमा गुडेको अनुभुति भयो !’ (भिडियो रिपोर्ट)

काठमाडौं, १८ पुस । लामो समयपश्चात हालै निर्माण सम्पन्न भएको मुग्लीन नारायणगढ सडक खण्ड अन्तराष्ट्रिय स्तरको बनेको छ ।

सडक विस्तारमा गुणस्तरीयता अन्तराष्ट्रिय स्तरको भए पनि सडकको चौडाई भने निकै साँघुरो रहेको छ ।

कुल लम्बाई ३३ किलोमिटर भएको यो सडकमा यात्रा गर्नेहरुले अन्तराष्ट्रिय सडकमा गुडेको अनुभुति गरेको समाचारमा जनाइएको छ ।

सडकमा भएका पुराना पुलहरु यथावत नै छन् जुन जिर्ण र साँघुरा छन्। यो सडक खण्डमा धेरै घुम्तीहरु छन् । घुम्ती सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यान दिएर नयाँ प्रबिधिको स्पिड ब्रेकर राखिएको छ ।

जस्ले गर्दा यो हेर्दै लोभ लाग्ने सडकमा तिब्र गतिमा गाडी गुडाउन सहज छैन। तर पनि सडक नियम विपरीत गाडीहरु यसरी दौडी रहेका छन् ।

यहि बिषयमा एक मिडियाले गरेको स्थलगत भिडियो रिपोर्ट हेर्नुहोस् :