चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर यस्तो बन्यो

काठमाडौँ, ८ चैत्र । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

योगिराम फिलिम्स्को प्रस्तुति रहेको चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक गरिएको हो ।

लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र हलहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । भने चलचित्रलाई योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको छ ।