केमिकल विस्फोट हुँदा ४४ जनाको मृत्यु, ९० घाइते !

काठमाडौं, ८ चैत्र । पूर्वी चीनमा एउटा केमिकल विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।

चिनियाँ संचारमाध्यमका अनुसार यो विस्फोट येनचङ शहरको तियानजियाइ केमिकलको एउटा संयन्त्रमा नेपाली समय अनुसार बिहीबार विहान ११ बजेर ३५ मिनेटमा भएको बीबीसीले जनाएको छ ।

विस्फोटपछि कारखानामा आगो लागेको थियो । चीनको भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ रेक्टरस्केलको भूकम्प समेत गएको जनाएको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार कारखानमा लागेको आगो शुक्रबार मात्र नियन्त्रणमा लिइएको छ ।