बाख्रा खान फार्मभित्र पसेको चितुवाको ६ वटा कुकुर मिलेर बनाए यस्तो हबिगत !

काठमाडौँ, ७ चैत्र । चितुवाको फेला परेपछि कुकुर बाँचेको अवापादबाहेक अरु केहि हुन् सक्दैन । तर गोरखामा त्यहि अपवाद नै भएको छ ।

बिहिबार बाख्रा फार्मभित्र पसेको चितुवाको फार्मकै सुरक्षाका लागि पालिएका कुकुरहरुसँग भिडन्त हुँदा मृत्यु भएको छ । ६ कुकुर प्रतिकारमा उत्रिएपछि चितुवाको मृत्यु भएको हो ।

गोरखाको पालुङटार नगरपालिका– ९ भोर्लेमा बिहीबार बिहान ५ बजे स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेको थियो ।

छ वटा कुकुर र चितुवा बीच फार्म भित्र डेढ घण्टा भिडन्त भएको थियो । जिल्ला वन कार्यालय गोर्खाका अनुसार कुकुरहरुको आक्रमणबाट चितुवाको घाँटीमा गहिरो चोट लागेको छ ।

यस्तै सोहि भिडन्तको क्रममा प्रतिकारमा उत्रिएको एक कुकुरको समेत मृत्यु भएको छ । मृतक चितुवालाई जिल्ला वन कार्यालयले बुझिसकेको छ । कार्यालयका अनुसार मृतक चितुवा नेपालमा पाइने स्थानीय चितुवा ‘कमन लियोपार्ड’ रहेको जिल्ला वन अधिकृतले बताएका छन् ।

करिव डेढ/दुई बर्ष उमेरको उक्त चितुवाको लम्बाइ पाँच फिट र उचाई २ फिट रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।