आफुसँग पैसा माग्ने एक गरिब व्यक्तिलाई यी युवाले आफ्नो एटिएम र पिन नम्बर नै दिएपछि…! (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । इङल्याण्डमा एक गरिब व्यक्तिले एक युवकसँग पैसा मागेपछि ती युवाले आफुसँग भएको एटिएम र पिन दिएको एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

एटिम र पिन दिएको केही समयमा ती गरिब व्यक्तिले आफुले निकालेको २० पाउण्ड र एटिएम पैसाको रसिद ती युवकलाई फिर्ता गर्छन् र दुवैले हात मिलाएर खुसी बाड्छन् । आफैले एटिएमबाट लिएको २० पाउण्ड लिएर ती गरिब व्यक्ति त्यहाँ बाट आफ्नो बाटो लाग्छन् ।

यस भिडीयोलाई ज्याक नाम गरेका अर्का युवाले रेकर्ड गरेका हुन् । उनले यो भिडियो सेयर गर्दै घटनाको बारेमा बताएपछि मानिसहरुले ती गरिब व्यक्तिको इमानदारीताको तारिफ गरेका छन् ।

ज्याकले उक्त घटना भएको ठाउँ विश्वको सबैभन्दा राम्रो ठाउँ भएको उल्लेख गरेका छन् । उक्त भिडयो हेर्नेहरुले एटिएम दिने युवको हम्मत र गरिब व्यत्तिलका इमानदारिताको खुलेर तारिफ गरेका छन् ।

भिडियो हेर्नुहोस्-