चर्चित पत्रकार रवि लामिछानेविरुद्ध ठगि मुद्दा चलाउन पुर्व पत्नी इशा नेपाल आउँदै !

काठमाडौ, ७ चैत्र । चर्चित पत्रकार रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता हुने भएको छ । उनीविरुद्ध ठगी मुद्दा दर्ता गर्न अमेरिकाबाट ओउरवा पत्नी इश्वरी श्रेष्ठ नेपाल आउने भएकी छिन् ।

डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले रविविरुद्द मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

इशाले रविलाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण तिरिदिने सम्झौता गरेको तर, हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी बताएकी छिन् । रविले पछिल्लो समय ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको गुनासो इशाको छ ।

रविले छोरीहरुमार्फत पैसा नदिने बताउने गरेको उनको भनाइ छ । उनले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गरेका थिए ।

रविले इशालाई बैंकको चेक दिएका थिए । तर, चेकमा पैसा नभएको उनले बताइन् ।