युएईमा सन् २०१८ मा मात्रै १०७ नेपाली कामदारहरुको मृत्यु
काठमाडौं,१८ पुष । रोजगारको शिलशिलामा सन् २०१८मा संयुक्त अरब इमिरेट्स (युएई) जाने १०७ जना नेपाली कामदारहरुको मृत्यु भएको छ ।
नेपाली राजदूतावास अबुधाबीले मृत्यु भएका महिला पुरुषहरुको विवरण सार्वजनिक गरेको छ। मृत्यु हुनुका कारणमा सबैभन्दा धेरै प्राकृतिक कारण र आत्महत्या रहेको छ । त्यस्तै,दुर्घटना रहेको छ ।
३० जना पुरुष र तीनजना महिलाले आत्महत्या गरेका छन् भने २१ पुरुष र दुईजना महिलाको दुर्घटनामा परेर मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।