यसरी मनाए काठमाडौंमा कलकारहरुले होली, भिडियोमा हेर्नुस् होलिको माहोल

काठमाडौँ । रंगहरुको पर्व होली नेपाली कलाकारहरुले पनि धुमधामका साथ मनाएका छन् । सबैले होली खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो यो । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

रङ्गहरुको चाड होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई रंगिन बनाउँछन् । कलाकारले पनि आजको दिन आफ्नै तवरले रंगसँग खेल्दै मनाउदै छन् ।