प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्ने प्रिया चौधरी र उनका प्रेमी सबिन राईलाई २ लाख जरिवानासहित जन्मकैद फैसला !

धनकुटा, ७ चैत्र । धनकुटा जिल्लाकाे हिलेमा ५ महिना अघि प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने महिलासहित उनका प्रेमीलाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको छ ।

इटहरीका ३८ वर्षीय रामबावु चौधरीको हत्यामा संलग्न उनकै श्रीमती वर्ष २९ की प्रिया चौधरी र उनकी प्रेमी वर्ष ३१ का सविन राईलाई जिल्ला अदालत धनकुटाका न्यायधिश विनोदकुमार पोखरेलको एकल इजालासले साे फैसला सुनाएकाे हाे ।

२०७५ साल अशोज २९ गते दशैंको टिकाको दिन रामबावु चौधरीको हत्या गरिएका थियो । हत्या गर्ने मुख्य याेजनाकार निज चौधरीका श्रीमती प्रिया चौधरी र हत्यारा सविन राईलाई जिल्ला अदालत धनकुटाले २ लाख रूपैया जरीमाना सहित जन्मकैदको फैसला सुनाएको छ ।

हत्याका योजनाकार निज सबिन राई धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.९ स्थायी घर भै हाल सुनसरी जिल्लाको वराहक्षेत्र न.पा.वडा नं.५ कालावन्जारमा बसोबास गरिरहेका छन् ।