कुन दिशातर्फ फर्केर खाना पकाउन उत्तम ? जान्नुहोस् !

काठमाडौं, ७ चैत्र । हामीमध्ये धेरैलाई थाहा छैन कि कुन दिशा तर्फ भान्साकोठा बनाउने भनेर अर्थात कोठामै पनि कुन दिशातर्फ फर्केर खाना पकाउने भन्ने बारे हामी अनबिज्ञ छौं । घरको सबैभन्दा महत्वपूर्ण स्थान नै भान्सा कोठा हो । यसकारण कयौँ रोग र चिन्ताको कारण भनेको नै भान्साको दोष भएको वास्तुशास्त्रमा उल्लेख छ । त्यसैले घरमा भान्सा बनाउँदा बिशेष सतर्कता अपनाउनु उत्तम हुन्छ । आज हामी तपाईलाई कुन दिशा तर्फ फर्केर खाना बनाउँदा के हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१.उत्तर र पश्चिम दिशातर्फ फर्केर खाना बनाउँदा घरमा सुख शान्ति भंग हुने र झै झगडा हुने देखिएको छ ।

२.उत्तर दिशा तर्फ फर्केर खाना बनाउँदा परिवारमा लगातार नोक्सान हुने बास्तुशास्त्रमा उल्लेख छ ।

३.घरको दक्षिण दिशातर्फा फर्केर खाना पकाउनाले महिलाहरु चिन्तित हुने र अस्पताल धाइरहनुपर्नेछ ।

४.यदि घरको भान्सा कोठामा पश्चिम दिशातर्फ फर्केर खाना बनाउनु पर्छ त्यो घरका मानिसहरु मानसिक रोगबाट ग्रसित हुन्छन् ।

५.यदि घरमा सुख शान्ति चाहने हो भने घरको पूर्व दिशातर्फ फर्केर खाना बनाउनु राम्रो हुन्छ ।