राष्ट्रपति भण्डारीद्वारा पाँच आयोगका अध्यक्ष नियुक्त, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समक्ष आजै पद तथा गोपनीयताको सपथ

काठमाडौं, ७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि संवैधानिक परिषदबाट सिफारिस व्यक्तिहरूलाई नियुक्त गरेकी छिन् ।

बिहिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले उनीलाई नियुक्ति गरेकी हुन् ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समक्ष आजै नवनियुक्त अध्यक्षहरूले आ-आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

क्र.सं. नामथर निकाय
1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
2 डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग
3 डा. विजयकुमार दत्त मधेशी आयोग
4 श्री बिष्णुप्रसाद चौधरी थारु आयोग
5 श्री समिम मिँया अन्सारी मुस्लिम आयोग