मोदी लण्डन प्रहरीद्वारा पक्राउ

काठमाडाै, ७ चैत्र । भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।

मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको समाचारमा जनाइएको छ । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ ।

उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् ।