आहा ! म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुल

म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुलेका छन् । विगतका वर्षहरुमा कम फुल्ने लालिगुराँस यस वर्ष धेरै ठाउँमा राम्रोसंग फुलेका स्थानीयले बताएका छन् । तस्वीर : धु्रबसागर शर्मा, म्याग्दी रासस

नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनीबाट भूकम्पको कारण विस्थापित भएका ७१ परिवारको लागि तादी–३ बुदुनेमा निर्माण भइरहेको एकीकृत नमूना बस्ती । तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट रासस ।

म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोट स्थित तमानेमा फुलेको तोरी । दुई साता अघिको हिमपातका कारण सबै फूल झरेको तोरी केहीदिन यता मौसम सुधार भएपछि पुनः फुलेको छ । तस्वीर ः धु्रबसागर शर्मा,गलेश्वर (म्याग्दी) रासस

बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका स्थानीय बालबालिका वनबाट दाउरा र घाँस ल्याउँदै । तस्वीरः प्रेम रौले÷बाजुरा रासस