सिन्धुलीमा होलीको दिन बन्दुक देखाएर लुटियो १२० तोला सुन !

सिन्धुली, ७ चैत । होलीको दिन सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।

जिल्लाको कमलामाई नगरपालिका–६ स्टलबजारस्थित कालिगढबाट अज्ञात समूहले १२० तोला सुन लुटेको हो ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान शुरु भइरेहेको जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ थियो ।