छोरी स्नातक तह पढ्दै आमा कक्षा ८ मा : कक्षा ८ को परीक्षा दिंदै ४८ वषीय गाउँपालिका उपाध्यक्ष !

दाङ, ८ चैत्र । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी भएकी छिन् ।

दाङ गढवा गाउँपालिकाका वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न भएकी हुन् ।

कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेकी उनी यसै वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् ।

“पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दैै परीक्षामा सहभागी भएको हुँ”, उनले भनिन् । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ सुरु गरेको उनको भनाइ थियो । “सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ। त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो ”, उनले भने ।

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरे पनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो। “जेठो भाइ मेटमनी चौधरी सांसद भएको छ”, उनले भने। जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले सुनाए।

उनका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेकी छन्। “जेठो छोेराले सब इञ्जिनीयर पढ्छ”, उजले भने, “जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ।”

उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताए। “राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ”, उजले चजे, “त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ।” नेपाल कम्युनिष्ट पार्टी९नेकपा० संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो।