स्वास्थ्यका लागि निकै फाइदा हुन्छ रुख कटहर !

रुखमा फल्ने रुख कटहर निकै मिठो फलको रुपमा लिईन्छ। रुखको हागा र काण्डमा फल्ने यस फललाई काँचो वा पाकेको दुवै अवस्थामा खान सकिन्छ। धेरै मान्छेहरुले यसलाई काँचो अवस्थामा तरकारी समेत बनाएर खाने गर्छन् । रुख कटहरको तरकारी वा पाकेपछि खानुका फाइदाहरु यस्ता छन्:

१) पाचन प्रणाली : कटर भित्र रहने बियाँमा फाइबरको मात्र भरपुर हुने र उक्त बिया खाने गर्दा तपाईको पेट सम्बन्धि सम्पूर्ण समस्याहरु हल गर्न मद्धत गर्छ।

२) आँखालाई फाइदा गर्छ : कटहरमा पाईने भिटामिन “ए”ले तपाईको आँखामा ठूलो फाइदा पुर्याउने गर्छ।

३) थाईराइड रोगिको लागि उत्तम : थाईराइडको समस्या भएका मान्छेहरुलाई कटहर खाँदा हुने ठूलो फाइदा औषधी सेवन गर्दा समेत हुन सक्दैन। कटहरमा हुने विभिन्न पोषक तत्वले थायराइड नियन्त्रण गर्न मद्धत गर्दछ।

४) क्यान्सर नियन्त्रण हुन्छ : कटहरको बियाँमा पाईने एन्टीअक्सीडेन्टको मात्राले क्यान्सरजस्तो डरलाग्दो रोगबाट समेत बचाउन मद्धत गर्छ।