यातायात मजदूर एकाइमा नयाँ नेतृत्व

काठमाडौँ, ६ चैत। नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन नगर बस एकाइको १४औँ अधिवेशले पुनः दीपक रुचाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा रामप्रसाद उप्रेती, सचिवमा जीवन रानामगर, सह–सचिवमा मनोज महर्जन र कोषाध्यक्षमा रमेश तामाङलाई चयन गरेको छ । सदस्यमा राजन गिरी, डोरबहादुर रिमाल, ओमनारायण श्रेष्ठ, निरबहादुर गुरुङ, कुमार खत्री र केशव बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै संयुक्त यातायात एकाइको अधिवेशनले विष्णुप्रसाद अधिकारीको नेतृत्वमा कमिटी गठन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमले सम्पूर्ण मजदूर वर्गमा उत्पदानको व्यवस्था हुने बताउनुभयो । उहाँले यातायत क्षेत्रको एकाधिकार पूर्णतः अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । रासस