अपडेट : पोखराको लेकसाइडमा होली खेल्ने क्रममा युवतीको यस्तो अवस्था हुनुको कारण अर्कै (भिडियो)

पोखरा। आज फागु पुर्णिमा देशभर होली पर्व मनाइदैछ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।

परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

पोखरामा पनि बिभिन्न सस्था र समुहहरु बाटोमा निस्की होली खेलीरहेका छन् बिषेश गरि पोखराको लेकसाइडमामा होलिको रौनक बेग्लै देखन सकिन्छ नेपाल घुम्न आएका पर्यटहरु पनि नेपालिसंगै रमाइलो गरी मनाईरहेको देख्न सकिछ ।

Update :

यसअघिको समाचारमा युवतीले मादक पदार्थ सेवन गरेको भनेर युट्युबमा भिडियो सार्बजनिक गरीए पनि उक्त युवतीले मादक पदार्थ सेवन गरेको नभई बिरामी भई लडेको खुल्न आएको छ । विसन्चोका कारण अशक्त भएपछी युवतीलाई साथीहरुले डोर्याएर लादै गर्दा रक्सी खाएको जस्तो देखिएकाले भ्रम परेको हो । होली खेल्नेहरुको भिडबाट ति युवतीलाई साथीहरुले डोर्याएर लादै गर्दा उनलाई खुट्टा टेक्न सम्म गाह्रो भएको देखिन्थ्यो। जुन देखेर धेरैले उनले मादक पदार्थ सेवन गरेर यस्तो भएको अनुमान गरेका थिए । तर बास्तबिकता भने उनि अस्वस्थ भएकी थिइन ।