होली खेल्ने क्रममा बनेपामा केटाहरु बीच पुलिस कै अगाडी हानाहान (भिडियो)

काठमाडौँ । रंगहरुको पर्व होली खेल्ने क्रममा बनेपामा  दुई समुहबीच कुटाकुट भएको छ। ग्याङ फाइट हुदा २ जना घाईते भएका छन्। झगडाको कारण पुष्टि हुन नसकेपनि हात कुटाकुट गर्ने युवाहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ ।

उक्त हानाहानमा संलग्न केही युवाहरुलाई भने इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ। होली खेल्ने क्रममा झगडा भएको भएपनि खास कारण के थियो भन्ने पुष्टी भएको छैन।

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

बानेश्वर चोकमा होली खेल्नेहरुबीच खुकुरी हानहान हुँदा दुई जना घाइते

काठमाडौं, ६ चैत्र । आपसी सद्भाव र मेलमिलापका लागि खेलिने होलिमा बिकृतिसँगै अप्रिय घटनाहरु पनि घट्ने गरेका छन् । यसै क्रममा नयाँ बानेश्वर चोकमा होली खेल्नेहरुबीच खुकुरी हानहान हुँदा दुई जना घाइते भएका छन् ।

होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुदाँ खुकुरी हानाहान भएको हो । घ

टनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ ।

महानगरीय प्रहरी बृतका अनुसार घाइतेहरुको नाम सौगात केसी र छत्र भण्डारी रहेको छ ।

आजै होलि खेल्ने क्रममा बनेपामा पनि दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

०००

यो पनि हेर्नुहोस :

होलीमा उछृङ्खल गतिविधि गर्ने ५ महिलासहित १९४ जना पक्राउ

काठमाडौं, ६ चैत । बुधबार मनाइएको होली पर्वमा उछृङ्खल गतिविधि गरेको र जबरजस्ती अरुलाई रङ दलिदेको आरोपमा प्रहरीले काठमाडौंबाट १ सय ९४ जनालाई पक्राउ गरेको छ ।

राजधानीको दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५ जना महिला पनि छन् । पक्राउ पर्नेहरुलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।