होलीमा उछृङ्खल गतिविधि गर्ने ५ महिलासहित १९४ जना पक्राउ

काठमाडौं, ६ चैत । बुधबार मनाइएको होली पर्वमा उछृङ्खल गतिविधि गरेको र जबरजस्ती अरुलाई रङ दलिदेको आरोपमा प्रहरीले काठमाडौंबाट १ सय ९४ जनालाई पक्राउ गरेको छ ।

राजधानीको दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५ जना महिला पनि छन् । पक्राउ पर्नेहरुलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।