बानेश्वर चोकमा होली खेल्नेहरुबीच खुकुरी हानहान हुँदा दुई जना घाइते

काठमाडौं, ६ चैत्र । आपसी सद्भाव र मेलमिलापका लागि खेलिने होलिमा बिकृतिसँगै अप्रिय घटनाहरु पनि घट्ने गरेका छन् । यसै क्रममा नयाँ बानेश्वर चोकमा होली खेल्नेहरुबीच खुकुरी हानहान हुँदा दुई जना घाइते भएका छन् ।

होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुदाँ खुकुरी हानाहान भएको हो । घ

टनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ ।

महानगरीय प्रहरी बृतका अनुसार घाइतेहरुको नाम सौगात केसी र छत्र भण्डारी रहेको छ ।

आजै होलि खेल्ने क्रममा बनेपामा पनि दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।