भोलि र पर्सी पनि सार्वजनिक बिदा

काठमाण्डौ, ६ चैत । प्रदेश २ सरकारले चैत ७ र ८ गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारको प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबारअर्थात् आज नै मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइने भएकोले २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ ।