रणबिर सिंहसँग विवाह गरिसकेकी दिपिका पादुकोण पूर्वप्रेमी रणबिर कपुरसँग भेटियो यस्तो अवस्थामा, खास कुरो के हो ?

मुम्बई, ६ चैत्र । कुनै समय एकअर्काको गहिरो प्रेममा रहेका बलिउड नायिका दीपिका पादुकोण र रणवीर कपूरको अनस्क्रिन जोडीलाई दर्शकले निकै मन पराउँछन् । केहीले त दीपिका र रणवीरको विवाह नै होस् भन्ने पनि चाहेका थिए । तर बिडम्बना उनीहरुको ब्रेकअप भयो ।

यी दुवैका फ्यानहरु दीपिकाले अर्का अभिनेता रणवीर सिंहका साथ विवाह हुनु अघिसम्म दीपिका र रणवीर कपूरको पुनर्मिलन हुन सक्ने अनुमान लगाउने गर्थे । तर त्यो कुरा सम्भव हुन नसके पनि दीपिका र रणवीर कपूरबीचको मित्रताको सम्बन्ध आजसम्म प्रगाढ नै छ भनिन्छ ।

हालै दीपिका पादुकोण र रणवीर कपूर एक विज्ञापनको छायाँकंनका लागि सँगै देखिएका छन् । छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणवीरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दीपिका पादुकोण र रणबिर कपूर आ–आफ्नो सम्बन्धमा अगाडि बढीसकेका छन् । दीपिकाले अभिनेता रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् भने रणवीर कपूर अभिनेत्री आलिया भट्टसँग डेट गरिरहेका छन् ।