होलीकै दिन उपत्यकामा २ सय ९७ सवारी प्रहरी कारवाहीमा, जसमध्ये १५ वटा सरकारी गाडी

काठमाडाैँ, ६ चैत । काठमाडाैँ उपत्यकामा मात्रै होलीको दिन बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा यी सवारी कारबाहीमा परेका हुन् ।

जसमा सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन् ।

होलीकाे दिन अप्रिय घटना नहोस भनेर ट्राफिक प्रहरीले उपत्यकामा सुरक्षा जाँच कडा पारेको छ । अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ ।