यो हो एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग, यो कहाँ पर्छ र यसको बिशेषता के हो ? (जान्नुहोस्)

एजेन्सी, ६ चैत्र । भारतको भोजपुर भन्ने ठाउँमा एउटै ढुंगाबाट बनिएको शिव लिङ्ग छ, जसलाई विश्वकै सबैभन्दा ठुलो शिव लिङ्ग मानिएको छ ।

भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ । भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ ।

भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए । यो मन्दिरको विशेषताहरु धेरै छन् ।

यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ ।

अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ । भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो । यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन । एउटै ढुंगाको तौल ७० टन रहको छ ।

यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ ।