प्रचण्डउपर अमेरिकामा उजुरी गर्ने तिलक श्रेष्ठलाई दिल निशानी मगरले दिए “भुस्याहा कुकुर”को संज्ञा, मगर भन्छन् -‘गोबर खेतबारीमा पर्यो भने मल हुन्छ, दिमागमा पर्यो भने तिलक बहादुर श्रेष्ठ हुन्छ‬!’

काठमाडौ, ६ चैत्र । पुर्ब प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ उजुरी गर्ने तिलक बहादुर श्रेष्ठलाई लेखक तथा पत्रकार दिल निशानी मगरले भुस्याहा कुकुर भनेका छन् ।

अमेरिकामा बस्ने श्रेष्ठलाई भुस्याहा पाल्तु कुकुर भन्दै प्रचन्डलाई दिएको उनको उजुरीबारे अमेरिकी सरकारले कुनै नोटिस नगर्ने बताएका छन् ।

मगरले अमेरिकाले प्रचण्डलाई उच्च सम्मानका साथ सरकारी अधिकारी र सुरक्षा दिएर राखेको समेत बताएका छन ।

दिल निशानीले श्रेष्ठलाई खेतबारीमा प्रयोग गर्ने गोबरको संज्ञा दिंदै थप भनेका छन्, ‘गोबर खेतबारीमा पर्यो भने मल हुन्छ, दिमागमा पर्यो भने तिलक बहादुर श्रेष्ठ हुन्छ‬’ ।

अमेरिका भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड विरुद्ध गत आइतबार श्रेष्ठले अमेरिकामा उजुरी हालेका थिए । अमेरिकाको केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी हालेका हुन् ।

प्रचण्डबिरुद्ध उजुरी गर्ने श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ ।