सुन किन्न सिन्धुपाल्चोक गएका ब्यापारीको साथबाट १० लाख लुटियो !
काठमाडौं, १८ पुस । सुन खरिद गर्न सिन्धुपाल्चोक गएका एक व्यापारीको साथबाट रु १० लाख लुटपाट भएको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको हो ।
प्रहरीकाअनुसार बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाइरहेको अवस्थामा ३ जनाको समूहमा आएका लुटेरा समूहले रकम लुटेको हो ।
घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरिद गर्न उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ ।