कांग्रेस युवा नेता गगनले यसरी मनाए होलि पर्व, दिए सबैलाई शुभकामना

काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो परिवारसँग होलि खेलेको तस्बिर सामाजिक संजाल ट्वीटरमा सार्बजनिक गरेका छन् ।

थापाले बुधबार काठमाडौंको मैतीदेवीस्थित निवासमा पत्नी र दुई छोरीका साथ होली खेलेका हुन् ।

उनले होलि खेलेको तस्बिर पोष्ट गर्दै देशभरिका आफ्ना शुभेच्छुक र कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पनि होलीको शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘रंगको पर्व होली–फागुले सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता र सामाजिक सद्भाव कायम गरोस्। सबैमा फागुको रङ्गिन शुभकामना । होली रे…।

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा बुधबार र तराईमा बिहीबार होली मनाइँन्छ ।