सन्दीप लामिछाने दिल्ली पुगे

काठमाडौं, ६ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्न दिल्ली प्रस्थान गरेका छन् ।

यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज बिहान दिल्ली गएका हुन् ।

सन्दिपले दिल्ली क्यापिटल्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका हुन् ।

सन्दिपलाई पुरानै क्लब दिल्लीले आफूसँग राखेकोले उनको पारिश्रमिक यो वर्ष पनि अघिल्लो वर्षको बराबर २० लाख भारु हुनेछ ।

सन्दिपको टिम दिल्लीले पहिलो खेलमा चैत १० गते आइतबार मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।