मानव सेवा आश्रमलाई सहयोग

पर्सा, ६ चैत । सडकमा अलपत्र रहका बालबालिका तथा वृद्धवृद्धालाई गास, बास कपाससँगै उपचार सेवासमेत प्रदान गर्दै आएको मानव सेवा आश्रम वीरगञ्जलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ‘गद्दी’ले आश्रममा रहेका असहाय तथा दीनदुःखीका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

आश्रमले आज वीरगञ्जमा आयोजना गरेको होलीको समारोहमा आश्रमका संरक्षक डा दीपक शाक्यलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री गद्दीले गरीब, असहाय, दीनदुःखीको सेवा नै साँचो अर्थमा मानवता रहेको बताउनुभयो । उहाँले असहाय वृद्धवृद्धा, महिला, बालबालिकाको उद्धार गर्दै खान, बस्न र औषधोपचारको सुविधा प्रदान गरी आश्रमले मानवताको सम्बद्र्धन गरेको विचार व्यक्त गर्नुभयो । रासस