गोल्डेन बुटमा एमबाप्पेले दिए मेसीलाई टक्कर !

एजेन्सी, ६ चैत्र । बार्सिलोनाका कप्तान लिओनेल मेसीले यसै साता रियल बेटिसविरुद्ध सानदार ह्याट्रिक प्रहार गर्दै गोल्डेन बुटको दाबेदार बनेका छन् ।

मेसीले बेटिसविरुद्ध ह्याट्रिकसँगै जारि सिजन लिगको गोल संख्या २९ गोल पुर्याए । ला लिगाको २८ मध्य २६ खेल खेलेका मेसीले लगातार उच्च लयमा रहेको संकेत दिँदै पछिल्लो एक दशकमा छैटौं पटक गोल्डेन बुट जित्ने दावेदारी प्रस्तुतु गरेका हुन् ।

यसबीचमा क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजले मात्र मेसीले पछाडी पार्न सकेका छन् । तर वर्तमान स्थिति हेर्ने हो भने मेसीलाई पछाडी पार्न किलियन एमबाप्पेको मात्र प्रबल सम्भावना देखिन्छ ।

मेसीको २९ गोलको तुलनामा एमबाप्पेले २६ गोल गरेका छन् । एमबाप्पेले मात्र २२ खेल खेलेका छन् । दुवै लिगमा अब १० चरणका खेल बाँकी छन् । एमबाप्पेले मेसीलाई उछिन्न अब मेसीको गोलसंख्यालाई पछाडी पार्न जरुरी छ ।