नवनियुक्त प्रधानन्यायाधीश जबराले भने – ‘मेरो पहिलो काम न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नु हो’

काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदभार ग्रहण गरेपछिको आफ्नो पहिलो काम न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नु रहेको बताएका छन् ।

उनले बुधबार पदभार ग्रहण गर्दै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गरेका हुन् ।

उनले अदालत सबै नागरिकको आत्मा भएकाले सबैको पहुँच पुग्नेगरी यसप्रतिको आस्था र विश्वास बढाउने उल्लेख गरे ।

राणाले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने र संविधानले दिएको अधिकारभित्र रहेर न्याय सम्पादन गर्ने उनको भनाइ थियो ।

नवनियुक्त प्रधानन्यायाधीश राणाले अदालतमा हुने बिचौलियाको अन्त्य गर्ने दाबी पनि गरे ।

उनले फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै अदालतलाई वैज्ञानिकीकरण र आधुनिकीकरण गर्दै लैजाने जानकारी दिए ।

यसैबीच प्रधानन्यायाधीश राणाले संसदीय समितिको सम्मान गर्दै न्यायाधीश दीपकराज जोशीलाई पेसी नतोकिनेसमेत बताए ।