काभ्रेमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान !

काठमाडौं, ६ चैत्र । सरकारले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाइरहेको बेला काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा गोली चलाएको र आफुँहरुले जवाफी फायर गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

गोली हानाहानपछि प्रहरीले विप्लव समूहका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको विवरण भने प्रहरीले खुलाएको छैन । घटनाको पूर्ण विवरण आउँन बाँकी छ ।