रा.उ अस्पतालमा भएको अनियमिताबिरुद्ध नेविसंघको ज्ञापनपत्र

– आलोक यादव

सिरहा, ६ चैत । नेपाल विद्यार्थी संघ सिरहाले जिल्लाम रहेको रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा भइरहेको लापरबाही र अनियमितता विरुद्ध लहान नगरपालिकाका मेयर मुनि साहलाई ध्यानाकर्षण गराएको छ।

केही महिनाअघि अस्पतालका मेसु सुनिल प्रसाद कुशवाहालाई बुुझाइएको ज्ञापनपत्रको बेवास्ता गरेपछि नेविसंघले मेयर साहलाई भेटेर ध्यानाकर्षण गराएको हो।

नेविसंघका जिल्ला अध्यक्ष मो.मुस्ताकको नेतृत्वमा गएको टोलीले नौ बुँदे ज्ञापनपत्र पेश गरेको हो। मागमा भिडियो एक्सरे सुचारु गर्नुपर्ने, एक्सेरे सुचारु हुनुपर्ने,सरसफाइ हुनु पर्ने, डाक्टर १० बजेदेखि चार बजेसम्म अस्पतलामा बस्नुपर्ने, मेसुले आफ्नो श्रेया पोलोक्लिकमा बिरामी पठाउने काम बन्द गर्नुपर्ने, मेसुले आफ्नी श्रीमतीलाई अस्पतालमा बिना बिज्ञापन भर्ना गरेको खारेज गर्नुपर्ने लगायका माग रहेको नेविसंघका निबर्तमान सहमहामन्त्री परमेश्वर साहले जानकारी दिए ।

साथै, अस्पतालका डाक्टरहरूको भत्ता आफैले खाने गरेकोले मेसु कुशवहालाइ तत्काल कारबाही गर्न पनि नेविसंघले माग गरेको छ।