प्रचण्डलाई अमेरिकामा पनि आपत, अमेरिकी अदालत मै पर्यो उजुरी

काठमाडौं। आफ्नो पत्नी सिता दाहालको उपचारार्थ अमेरिका गएका पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकामा पनि संकट परेको छ । उनि विरुद्द अमेरिकी अदालत मै मुद्दा दर्ता भएको छ । दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् । उनले तत्कालीन नेकपा (माओवादी)मा रहँदा प्रचण्डले युद्ध अपराध गरेको भदै उजुरी गरेका हुन् ।

जनयुद्दको दौरान १७ हजार बढी मानिसको मृत्यु भएको भन्दै उनीमाथि युद्ध अपराध गरेको मुद्दा लगाएका हुन् । पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेको व्यक्तिलाई आफ्नो देशमा प्रवेश निषेध गर्न सक्ने कानुन त्यहाँ छ ।

यसअघि नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतमा यस्तै उजुरीका आधारमा पक्राउ गरिएको थियो।