गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा रहेको भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गुल्मी राजापानीकी स्थायी वासिन्दा ४१ बर्षीय शान्ति परियारको लडेर मृत्यु भएको हो ।

भिरबाट लडेर गम्भीर घाइते भएकी उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

सोमबार बिहान बासखर्कबाट आफ्नो गाउ राजापानी फर्कने क्रममा उनि लडेकी थिइन ।