शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ ।

निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको थियो । निगमका अनुसार गत माघ २ देखि यही चैत ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर नौ रुपैयाँ सात पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । -रासस काठमाडौँ, ५ चैत (रासस) ः काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।
अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।

अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।
सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । -रासस