पत्रकार ऋषि धमलाले प्रचण्ड नै देशको राष्ट नायक भन्दै बिप्लवलाई वार्ता ल्याउन आग्रह गरे (भिडोयो सहित)

काठमाडौँ । पत्रकार ऋषि धमलाले पछिल्लो राजनैतिक घट्नाक्रमहरु बारे आफ्नु धारण राख्दै बिप्लब माओबादीलाई निसेध गरेर शान्ति र समृद्धिको सपनामा अवरोध पुग्ने गल्ती गर्नु हुदैन भन्दै सरकारले बार्ता द्वारा समस्या समाधानमा जोड दिनु पर्ने र आवस्यक परे सञ्चारकर्मी को भुमिकाबाट आफू स्वयं मध्यस्थता गर्न समेत तयार रहेको प्रतिक्रिया दिएका छन ।

प्रचन्ड ,सेरबहादुर ,केपी , मधेसबादी , सबै मिलेर मात्र समृद्धि सम्भव हुनेभएको ले यो देशका अनुभबी सबै नेता मिलेर अघि बढीदिन बिनम्र अनुरोध पनि गरेका छन । आफू जीवन मा धेरै पटक दुर्घटना मा परे पनि देश को समृद्धि र बिकासलाइ अब दुर्घटनामा पर्न दिनु हुदैन भन्दै धमलाले आज सत्य तथ्य,यथार्थ र मुलुकको समृद्धि को पक्षमा उभिनु सञ्चार कर्मीको आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको निम्ति आफू हिजो देखि लड्दै आएको र यो स्वतन्त्रता को जगेर्ना र बिकास का निम्ति शान्ति र समृद्धि आवस्यक रहेको बिचार ब्यक्त गरेका छन । एक अनलाइन टिभीलाई अन्तरवार्ता दिदै उन्ले यस्तो बताएका हुन ।