सफलतापुर्वक सरकार चलाएको एक वर्ष पूरा गरेकोमा अमेरिकाद्वारा प्रधानमन्त्री ओलीलाई बधाई (विज्ञप्तिसहित)

काठमाडौं, ५ चैत । अमेरिकाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई एक वर्ष पूरा गरेकामा शुभकामना तथा बधाई दिएको छ ।

अमेकिरी विदेशमन्त्री माइकल ओ पोम्पेओले सोमबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन् ।

ओली प्रधानमन्त्री भएको चैत ३ गते १३ महिना पुगेको छ । उनले अघिल्लो वर्षको फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । अमेरिकाले लामो द्वन्द्वपछि शान्तिवार्ता, संविधान निर्माण र निर्वाचनबाट बनेको सरकारले सफलतापूर्वक एक वर्ष पूरा गरेकोमा खुसी व्यक्त गरेको छ । सन्देशमा नेपालको राजनीतिक स्थायित्व र विकासमा अमेरिका साथमा रहने उल्लेख छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फतको सहयोगलाई जोड दिएको छ । उसले गत वर्ष नेपाललाई पचास अर्ब सहयोग गर्ने सम्झौता गरेको थियो ।

अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालले देखाएको सदासयताप्रति प्रशंसा गरेको छ । तिब्बती शरणार्थीको अधिकारलाई नेपालले बचाइदिएको धारणा अमेरिकाको छ । तर, नेपालले सधैं एक चीन नीतिलाई मान्दै आएको छ । अमेरिकाले नेपाललाई चीनको घेराबाट बाहिर ल्याउन पनि तिब्बतीय शरणार्थीको सन्दर्भ उल्लेख गरेको बुझ्न सकिन्छ ।

साथै, उत्तर कोरियाको परमाणविक कार्यमा नेपालले अमेरिकालाई साथ दिएको विषय पनि उल्लेख छ । नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्तिमा जोड दिएको विषय उल्लेख गर्दै यस क्षेत्रको विकास, सुरक्षा, समृद्धिमा नेपालको साथ र सहकार्य रहने धारणा अमेरिकाको छ ।

बिज्ञप्ति हेर्नुहोस् –

Dear Mr. Prime Minister :

Congratulations on the completion of your first year in office, a particularly auspicious anniversary after the 2017 elections that constituted a milestone on Nepal’s democratic journey. When I met with Foreign Minister Gyawali recently, in the same room where you met with then-Secretary Rice in 2006, I reaffirmed the U.S. commitment to our relationship and conveyed our wish to foster a genuine partnership.

My meeting with Foreign Minister Gyawali consolidated some important commitments, including the paramount importance of ensuring the $500 million Millennium Challenge Corporation Compact moves forward according to the agreed-upon principles. I also appreciated Foreign Minister Gyawali’s assurance that the Government of Nepal would uphold its international obligations, including the binding agreements that govern our bilateral assistance and the UN Security Council sanctions compelling North Korea to abandon its nuclear program.

Recognizing your own experience as a political prisoner, I welcomed Foreign Minister Gyawali’s reassurance that Nepal would continue to protect the rights of Tibetans in Nepal, particularly the principle of non-refoulement, which ensures that individuals will not be returned to a country where they face serious threats to their life or their religious, cultural, and linguistic freedoms. As Nepal strives to realize the fruits of peace and political stability, I believe it will become increasingly apparent that the U.S. emphasis on a free and open Indo-Pacific region, providing for the prosperity, sovereignty, and security of every country, is very much in Nepal’s own interest.

I was honored by Foreign Minister Gyawali’s invitation to visit Nepal. Both the American and Nepali people have high expectations for our relationship. As we look to elevate U.S.-Nepal ties, let us move forward in a spirit of genuine partnership, not only in the tone of our public comments but also in the progress we make through concrete action on our commitments. I have charged Ambassador Berry with ensuring we deliver on those expectations, including by demonstrating tangible results in the coming months.

Sincerely,

Michael R. Pompeo