पहिलो पटक रणवीर र आलियाको जोडी बाँधिएको फिल्म ‘गुली व्वाइ’को पोस्टर सार्बजनिक

एजेन्सी, १८ पुस । आलिया भट्ट र रणवीर सिंहले पहिलो पटक ‘गुली व्वाइ’मा स्क्रिन शेयर गरेका छन् ।

यसै सिनेमाबाट दर्शकहरूले पहिलो पटक रणवीर तथा आलियालाई जोडीका रूपमा पर्दामा देख्नेछन् ।

फेब्रुवरी १४ मा रिलिज लागि तयार गरिएको फिल्मको नयाँ पोस्टरहरू सार्वजनिक गरिएको छ ।

बुधबार रणविर सिंहले आफ्नो ट्विटरबाट पोस्टर सार्बजनिक गरेका छन् । सिनेमामा उनी ‘स्ट्रिट र्‍यापर’को भूमिकामा रहेका छन् ।

पोस्टर पोस्ट गर्दै रणवीरले ‘सडकको आवाज #गुली व्वोइ#१४ फरवरी लेखेका छन् । सार्वजनिक पोस्टरमा रणवीर र आलिया दुबै गम्भिर मुद्रामा देखिएका छन् ।