एकाबिहानै त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु, चार घाइते

चितवन, ५ चैत्र । मंगलबार बिहान मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको ट्रक इच्छाकामना गाँउपालिका ५ कालीखोला स्थित खोलामा विहान करिब ७ बजेतिर अनियन्त्रित भई सडकबाट करिव ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला स्थानबाट त्रिशूलीमा झर्ने खोलामा ट्रक खस्दा ट्रकले किचेर मृत्यु भएकाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते भएक दुई जनाको पुरानो मेडिकल कलेज र अन्य दुई जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।