मोदीका प्रखर आलोचक एवम् ‘दबंग’का भिलेन प्रकाश राजले गरे ट्वीटरमार्फत चुनाव लड्ने घोषणा !

एजेन्सी, १८ पुस । बलिउडका चर्चित भिलेन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिका प्रखर आलोचक प्रकास राजले चुनाव लड्ने घोषणा गरेका छन् ।

ट्वीटरमा नयाँ वर्षको शुभ-कामना दिदैं उनले यसै वर्ष हुने लोकसभा चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले गत वर्ष आफ्ना मित्र एवम पत्रकार गौरी लंकेशको हत्या भएपछि प्रधामन्त्री मोदीको मौनताले हत्याराहरूलाई प्रश्रय दिएको आरोप लगाएका थिए ।

उनले हत्या जस्तो जघन्य अपराधमा देशका प्रधानमन्त्री मौन रहनु आफैमा लज्जाजनक भएको भन्दै चर्को आलोचना गरेका थिए ।

धेरै मोदीविरोधी दलले आफ्नो पार्टीबाट राजनीतिमा आउन आग्रह गरेपनि उनी लोकसभामा निर्दलिय उम्मेदवार बन्दैछन् ।

उनले आगामी सरकार जनताको सरकार हुनुपर्ने पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।