मन्त्रीपद जोगाइदिन बुहारी बिना धुरु धुरु रोएपछि प्रधानमन्त्री ओलीसामु प्रचण्डको अडान – ‘खानेपानी मन्त्री बिनालाई पदबाट हटाए अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई पनि हटाउनु पर्छ’

काठमाडौं, ४ चैत्र । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई मन्त्रीबाट हटाए अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई पनि हटाउनु पर्ने अडान राखेको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद पुनरगठनका विषयमा प्रधानमन्त्री केपी ओलीसंगको छलफलमा अध्यक्ष प्रचण्डले बिना भन्दा खतिवडाको प्रगति विवरण कमजोर रहेकाले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई पनि हटाउनु पर्ने अडान राखेको श्रोतले बताएको हो ।

मेलम्ची खानेपानी आयोजनाको निमार्ण ठेकेदार इटालियन कम्पनी सीएमसीलाई कमिसन विवादमा लखेटेको खानेपानी मन्त्री बिनामाथि आरोप लाग्दै आएको छ ।

मन्त्री बिना मगरले आम जनतालाई मात्र होइन स्वयम् प्रधानमन्त्री केपी ओलीलाई समेत गुमराहमा राखेर ब्रिफिङ गरेकाले ‘मेलम्चीको पानी दुई महिनाभित्रै काठमाडौंमा आईपुग्छ ’ भनेर सार्वजनिकरुपमा भाषण गर्न लगाएकी थिइन् ।

मन्त्रीबाट हटाउने चर्चा चल्न थालेपछि बिनाले खुमलटारस्थित निवासमा ससुरा प्रचण्डसंग धुरुधुरु रोएको श्रोतको भनाई छ ।

यसपटक मन्त्रीबाट हटाइएमा आफ्नो राजनीतिक करियर नै समाप्त हुने भएकाले जोगाइदिन प्रचण्डलाई इमोसनल ब्ल्याकमेल गरेपछि प्रचण्ड बिनालाई जोगाउन भिटो प्रयोग गर्नेतर्फ लागेको साँघु साप्ताहिकमा समचार छापिएको छ ।