कङ्गोमा रेल दुर्घटना हुँदा तीस जनाको मृत्यु, कैयौँ घाइते

किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, ४ चैत । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा ३० यात्रुको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा कैयौँ घाइते भएको केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी छन् ।

घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक बर्ष ठूलो सङ्ख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् ।

कमजोर रेल मार्ग,अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका लागि जिम्मेवार मानिने गरेका छन् ।